काठमाडौँ, बुधबार, २८ माघ २०७७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्ना कार्यकर्ताले गरेको फोहोर आफैले सफा गरेका छन ।
आज (बुधबार) पार्टीले काठमाडौंको प्रदर्शनीमार्गमा आयोजना गरेको विरोध सभामा थुप्रै फोहोर जथाभाबी फ़्याकिएका थिए । आफ्ना कार्यकर्ता तथा नेताहरुले गरेका फोहोरलाई व्यवस्थित गर्न नेता श्रेष्ठ लगायत अन्य नेताहरु कुचो बोकेर सडकमा निस्किएका थिए ।
केही दिन अघि केपी ओलिले गरेको आम सभापछि पनि केपी ओलिका कार्यकर्ताले सभा स्थालामा सरसफाई गरेका थिए ।
सोही अनुसरण गर्दै आज प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत प्रचण्ड–माधव नेतृत्वले गरेको शक्ति प्रदर्शन समापनसंगै उक्त ठाउँमा सरसफाइ गरेको आम बुझाइ छ ।








































