Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
७:४०:५७ बिहान
- ADVERTISEMENT -

जनप्रतिनिधिले बेचेको एम्बुलेन्स प्रहरीद्वारा नियन्त्रण

प्रकाशित मिति: २०७७ माघ २८, बुधबार

821
Shares

मोरङ, बुधबार, २८ माघ २०७७ । लायन्स क्लब अफ बेलबारीको विवादित एम्बुलेन्स जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ । लायन्स क्लब अफ बेलबारीका वर्तमान र पूर्व समितिबीच एम्बुलेन्स बिक्रीबारे चर्किदो विवाद र फिर्ता ल्याउने विषयको निकास नभई रहेका बेला जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको हो ।

मंगलबार जिल्ला प्रहरी कार्यालय मोरङले एम्बुलेन्स नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले जानकारी दिएका छन् । क्लबले ७ वर्ष अगाडि खरिद गरेको एम्बुलेन्स हाल विराटनगरमा महोमत अलवादिनले चलाउँदै आएका थिए ।

लायन्स क्लब अफ बेलबारीका अध्यक्ष खेम गौतम भन्छन्, ‘क्लबको स्वामित्वमा रहेको एम्बुलेन्स अहिले विराटनगरमा सञ्चालनमा छ, फिर्ता गर्न ५ लाखसम्म दिन खोज्दा पनि सकेका छैनौ ।’ लायन्स क्लब अफ बेलबारीले ७ वर्ष अगाडि खरिद गरेको एम्बुलेन्स वर्तमान समितिले बेलबारीमा सञ्चालन गर्न नपाउँदा पुराना समितिसँगको विवाद चर्किएको छ ।

क्लबको एम्बुलेन्स व्यक्तिलाई विक्री गरेको वर्तमान अध्यक्ष गौतमको आरोप छ भने फिर्ता लिन ५ लाखसम्म दिन तयार हुँदा पनि सम्भव नभएको उनी बताउँछन् । फिर्ता ल्याउने विषयमा पटक–पटक जानकारी गराउँदा लायन्स क्लब अफ बेलबारीका संस्थापक अध्यक्ष, बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले चासो नदिएको आरोप रहेको छ ।

हरेक वर्ष क्लबका अध्यक्ष परिवर्तन भएका कारण चासो नदेखाएको तर आफू अध्यक्ष भएपछि एम्बुलेन्स खोजी गर्दा फिर्ता ल्याउन असमर्थ भएको गौतमको गुनासो छ । २०७० साल वैशाख ३ गते सवारी दर्ता नं. को १ च ५७९४ टाटा सुमो सेतो रङको एम्बुलेन्स जिल्ला मोरङ लेटाङ निवासी भक्तबहादुर राईलाई बिक्री गरिएको थियो । सो ब्यहोरामा दुई पक्षबीच लिखितम् सम्झौता पनि रहेको छ ।

पूर्व कार्य समितिको सर्वसम्मतिमा बिक्री गरिएको सम्झौता पत्रमा उल्लेख छ । संस्थाको तर्फबाट राजकुमार लिम्बूले हस्ताक्षर गरेका छन् भने साँक्षीमा पर्शुराम सुवेदी, योगेन्द्रप्रसाद सुवेदी, बमबहादुर खुलाल र हरिप्रसाद सुवेदी छन् । बिक्री मूल्य ९ लाख २५ हजार रुपैयाँ पत्रमा उल्लेख छ ।

राजकुमार लिम्बू अध्यक्ष हुँदा योगेन्द्र सुवेदीको नेतृत्वमा एम्बुलेन्स बिक्री भएको वर्तमान अध्यक्ष गौतमको आरोप छ । भक्तबहादुर राईले पनि विराटनगर निवासी महोमत अलवादिनलाई बिक्री गरेको गौतम बताउँछन् । एम्बुलेन्स फिर्ता गर्न पटक–पटक पूर्व समितिसँग आग्रह र बैठक समेत गरे पनि सुनुवाइ नभएको गौतमको गुनासो छ ।

पूर्व अध्यक्ष लिम्बू भन्छन्, ‘बिक्री भने पनि कानुनी रूपमा बिक्री भएको छैन, आफूले नसक्दा अरूलाई चलाउन दिंदा प्राविधिक त्रुटि भने भएको हो ।’ समितिले खरिद गरेको पहिलो वर्षदेखि दोस्रो वर्ष नपुग्दै एम्बुलेन्स सञ्चालन गर्न नसकेपछि भक्तबहादुर राईलाई चलाउन दिएको लिम्बूले बताए । राईलाई चलाउन दिंदा मुनाफा खाने नियोजित कुनै उद्देश्यका साथ नदिएको लिम्बू बताउँछन् । लिम्बू भन्छन्, ‘वर्तमान कार्य समितिले सञ्चालन गर्छ भने अब फिर्ता ल्याउनु पर्छ ।’

एम्बुलेन्स बिक्रीबारे योगेन्द्र सुवेदीले पनि सहज रूपमा एम्बुलेन्स सञ्चालन गर्न नसकेका कारण मात्र लेटाङ निवासी राईलाई चलाउन दिएको बताए । एम्बुलेन्सको वार्षिकनविकरण क्लबले नै गर्दै आएको सुवेदीले जनाएका छन् । वर्तमान समितिले एम्बुलेन्स बेलबारीमा फिर्ता ल्याएर सञ्चालन गर्ने विषयमा आफू सकारात्मक रहेको जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -