Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:५५:४३ बिहान
- ADVERTISEMENT -

ओलीले संघीयता र संविधानलाई पद र कुर्सीसँग साटे : शर्मा

प्रकाशित मिति: २०७७ माघ २८, बुधबार

447
Shares

काठमाडौं, बुधबार, २९ माघ २०७७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेशका इञ्चार्ज जनार्दन शर्माले प्रधानमन्त्री केपी ओलीले संघीयता र संविधानलाई पद र कुर्सीसँग साटेको बताएका छन् ।

उनले त्यसका विरुद्ध शान्तिपूर्ण आवाज ल्याएर सडकमा आएका जनताको आवाज नसुने विद्रोहमा उत्रिने बताए । उनले त्यसले संघीयताविरोधीलाई समाप्त पार्ने दाबी गरे । संविधानमा लेखिएको अधिकार कानुन बनाउने क्रममा भाँचभुँच पारिएको उनले बताए । उनले जनताको संकट समाधान गर्नुपर्नेमा ओम्नीहरूलाई अगाडि सारेर जनताको हक खोसिएको, अधिकारलाई कुण्ठित पारिएको बताए ।

उनले सक्षम नेतृत्वले मात्रै देश समृद्धितर्फ जाने बताएका छन् । देश र जनताको उपलब्धिका लागि सक्षम नेतृत्व र संरचना चाहिने नेता शर्माले बताए । प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंमा बुधबार आयोजित आमसभामा सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका नेता शर्माले देशलाई अन्धकारबाट उज्यालोतर्फ लैजाने कुलमान घिसिङहरू जस्ता सक्षम नेतृत्वबाट मात्रै जनताका समस्या समाधान हुने बताए ।

सम्बोधनका क्रममा नेता शर्माले भने, ‘देश र जनतालाई उपलब्धि दिने क्षेत्रमा नयाँ कुलमानहरुलाई नियुक्त गर्नुपर्छ । त्यस्तै खालका संरचना चाहिन्छ । नयाँ कुलमानहरुको माध्यमबाट जनताको समस्या समाधान गर्नुपर्छ ।’

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत दाहाल–नेपाल नेतृत्वको नेकपाले बुधबार काठमाडौंमा विरोध प्रदर्शन गरेको हो । आन्दोलनको दोस्रो चरणका कार्यक्रम घोषणा गरेको नेकपाले विरोध जुलुससहित सभा आयोजना गरेको छ ।

त्यस्तै नेता शर्माले जनताको बीचमा नेतृत्व हुर्कनुपर्ने र आफूहरुलाई पार्टीभन्दा देश प्यारो भएको पनि बताए । आत्मसमपर्णभन्दा आफूहरुलाई स्वतन्त्रता र बलिदानी प्यारो भएको पनि उनको भनाइ थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -