काठमाडौँ, बुधबार, २८ माघ २०७७ । वृहत् नागरिक आन्दोलनले ‘सिंहदरबार महिला मार्च पास’ गर्ने भएको छ।
बढ्दाे महिला हिंसा, हत्या र दण्डहिनताको समूल अन्त्यको लागि वृहत नागरिक आन्दोलनले शुक्रबार मार्च पास गर्न लागेको हो । मंगलबार जारी विज्ञप्तिअनुसार शुक्रबार दिउँसो २ बजे बसन्तपुरमा भेला भएर न्यूरोड, रत्नपार्क र भद्रकाली हुँदै सिंहदरबारको मुलगेटसम्म मार्च पास गरिनेछ ।
उक्त मार्चपासमा सहभागी हुनसमेत अपिल गरिएको छ। ‘सबै किसिमका महिला हिंसा,हत्या र दण्डहिनताको समूल अन्त्य गर्न हामी आन्दोलित छौं । यसआन्दोलनमा आमनागरिकलाई सामेल हुन हार्दिक अपिल गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ ।








































