Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:०३:११ बिहान
- ADVERTISEMENT -

नेकपाको प्रचण्ड–नेपाल पक्षले आज काठमाडौँमा बृहत विरोध प्रदर्शन गर्दै

प्रकाशित मिति: २०७७ माघ २८, बुधबार

528
Shares

काठमाडौँ, बुधबार, २८ माघ २०७७ । संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध नेकपाको प्रचण्ड–नेपाल पक्षले आज काठमाडौँमा बृहत विरोध प्रदर्शन गर्दैछ ।

सभा भृकुटीमण्डपमा हुनेछ । सो पक्षले बुधबार बिहान ११ बजे काठमाडौँका पाँच ठाउँबाट जुलुस निकाल्ने छ। जसमा पुल्चोक, माइतीघरमण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट जुलुस निकाल्ने रुट तय भएको छ ।

पुल्चोकबाट निस्कने जुलुसको नेतृत्व कृष्णबहादुर महरा, पम्फा भुसाल र रघुजी पन्तलगायतले गर्नेछन्। यस्तै, त्रिपुरेश्वरबाट निस्कने जुलुस अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल र जनार्दन शर्मा लगायतले गर्नेछन् भने माइतीघरबाट निस्कने जुलुसमा अमृतकुमार बोहरा, गिरिराजमणि पोखरेल लगायत नेताहरु सहभागी हुने भएका छन् ।

केशरमहलबाट सुरु हुने जुलुसको नेतृत्व देव गुरुङ, देवेन्द्र पौडेल, भीम रावल, शक्ति बस्नेत लगायत केन्द्रीय नेताहरुले गर्नेछन् भने जमलबाट निकाल्ने जुलुसमा लिलामणि पोखेल, केन्द्रीय कमिटी सदस्यहरु रहनेछन् । मुल जुलुस भने सुनधाराबाट सुरु हुनेछ ।

त्यसपछि भृकुटीमण्डपमा पुगेर परिणत हुने सभालाई अध्यक्षद्वय प्रचण्ड-नेपाललगायत शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । आजको प्रदर्शनमा दुई लाख जनता सडकमा उतार्ने दाबी प्रचण्ड-नेपाल पक्षको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -