Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:५६:२४ बिहान
- ADVERTISEMENT -

रन बहादुर थापा मगर मृगौला प्रत्यारोपणको लागी गोरखा जिल्ला दर्बुङबासीहरुले जुटाए आर्थिक सहयोग

प्रकाशित मिति: २०७७ माघ २५, आइतबार

1721
Shares

गोरखा, आइतबार, २५ माघ २०७७ । गोरखा जिल्ला गण्डकी गाँउपालिका वडा नम्बर -५ साबिकको दर्बुङ गाबिस रामपुर निवासी बर्ष ३५ का रन बहादुर थापा मगरको दुवै मृगौलामा समस्या देखा परे पश्चात स्वदेश तथा विदेशमा रहेका दर्बुङका युवाहरुको पहलमा आर्थिक सहयोग जुटाएका छन् ।

विगत लामो समय देखि डाईलायसिस गर्दै आएका रन बहादुर थापा मगरको कमाऊने ऊमेरमा नै बिरामी भएर मृगौला प्रत्यारोपण गर्न परे पश्चात स्वदेश तथा विदेशमा रहेका गाँउले दाजुभाई, दिदिबहिनीहरुको सहयोगमा रु. ६,२५,५१४/- ( अक्षेरुपी छ लाख पच्चीस हज़ार पाँच सय चौंध रुपैया) पहिलो चरणमा संकलन भएको जनाईएको छ।

रन बहादुर थापा मगर उपचारमा सहयोग पुगोस् भनि नेपालमा निर्मल गोरखालीको संयोजकत्वमा सहयोग अभियान सन्चालन गरिएको छ, भने प्रवासबाट सधै सामाजिक क्षेत्रमा क्रियाशील रहदै आएका ग्लोबल गोरखा समाजका सचिव समेत रहनु भएका विराट खनालले सम्पुर्ण स्वदेश,विदेशमा रहेका गाँऊले दाजुभाई दिदिबहिनीहरु लाई ग्रुपमा जोडेर सहयोग अपिल गर्दै संकलन गरेको बताईएको छ ।

आज नै खनालले आफ्नो फेसबुक पेजबाट पहिलो चरणको संकलित सहयोग रक़म सार्वजनिक गर्नु भएको छ भने नेपालमा रसीद मार्फत संकलन भएको सहयोग र पछिल्लो समय पेज नै बनाएर संकलन गर्दै गरिएको सहयोग भने दोस्रो चरणमा सार्वजनिक गर्ने र त्यस पश्चात पनि आवश्यक रकम नजुटेको खण्डमा मगर परिवार संगको सल्लाहमा थप सहयोग जुटाऊन कोसिस गर्ने बताईएको छ ।

खनालले सामाजिक संजाल मार्फ़त नेपाल बाट सहयोग जुटाऊन प्रत्यक्ष भुमिका खेल्ने निर्मल गोरखाली, मलेसियामा रहनु हुने दाईहरु डिल थापा कुमार, शम्शेर थापा , राजेन्द्र थापा मगर, तेज थापा (बिरामी को आफ्नो दाई) झक थापा मगर , शिवु परियार दुबई,माल्टा बाट गिर बहादुर थापा मगर कुवेत बाट डिलर आले जापान बाट चन्दा थापा, चितवनबासी दर्बुङगे दाजुभाई लगाएत सम्पुर्ण सहयोगीमनहरुमा धन्यवाद ज्ञापन गर्नुका साथै बिरामी को सिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -