काठमाडौं, शनिबार, २४ माघ २०७७ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आगामी फागुन ३ गते देशभर हुने प्रदर्शनलाई व्यापक बनाउन आग्रह गरेका छन् । आज भएको देशव्यापी प्रदर्शनमा सहभागीलाई धन्यवाद दिँदै देउवाले आगामी प्रदर्शन व्यापक बनाउन आग्रह गरे ।
देउवाले एक विज्ञप्ति जारी गर्दै आज देशभर प्रदर्शन गरेका शुभेच्छुक संघसंस्थाका प्रतिनिधिहरुलाई धन्यवाद दिएका हुन् । उनले आगामी ३ गते देशभर ७७ वटै जिल्ला समितिले गर्ने प्रदर्शनलाई व्यापक बनाउन आग्ह पनि गरे ।
गत माघ १३ गतेको केन्द्रीय समिति बैठको निर्णयअनुसार कांग्रेसका ७७ वटै जिल्ला समितिले फागुन ३ गते सरकार र संसद विघटनविरुद्ध प्रदर्शन गर्दैछ ।









































