काठमाडौं, बिहिबार, २२ माघ २०७७ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फागुन पहिलो साताबाट संयुक्त आन्दोलन हुने बताएका छन् ।
संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोध गर्दै आफ्नो पक्षले गरेको आमहड्ताललाई सफल बनाउन सातदोबाटो चोक पुगेका प्रचण्डले भने, ‘हामी माघ २८ गते विशाल प्रदर्शन गर्दैछौं । त्यसपछि पनि प्रतिगमन सच्चिएन भने फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलन हुन्छ। त्यसपछि केपी ओलीको आयु सकिन्छ ।’
संसद विघटन र संवैधानिक निकायमा भएको नियुक्तिको सबैले विरोध गरेको भन्दै प्रचण्डले अब अझ सशक्त आन्दोलन हुने बताए ।








































