काठमाडौं, बिहिबार, २२ माघ २०७७ । आम हड्ताल सफल बनाउन प्रचण्ड-नेपाल पक्षका नेता-कार्यकर्ता सडकमा उत्रिएका छन् ।
बिहिबार बिहानदेखि चोक चोकबाट ठूलो संख्यामा नेता-कार्यकर्ता प्रदर्शनसहित सडकमा उत्रिएका हुन् । ७० जना भन्दा धेरै नेता कार्यकर्ता भने पक्राउ परिसकेका छन् ।
बिहानै कलंकीबाट नेतृ अष्टलक्ष्मी शाक्यसहितका नेता-कार्यकर्ता पक्राउ गरिएको छ ।








































