काठमाडौं, मंगलबार, २० माघ २०७७ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय अनेरास्ववियूले भोलि १० हजार मोटरसाइकल निकालेर प्रदर्शन गर्ने भएको छ ।
अनेरास्ववियूका अध्यक्ष ऐन महरले भोलि दिउँसो एक बजे मोटरसाइकल रयाली निकाल्ने भएको छ | आज राजधानीमा पत्रकार सम्मेलन आयोजना गरेर महरले २३ माघमा आयोजना हुने सभालाई दृष्टिगत गरी मोटरसाइकल रयाली निकाल्न लागिएको बताउनु भयो । र्याली विहान १ बजे ललितपुरको कुमारीपाटीबाट निकालिने भएको छ ।








































