Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:५४:५६ बिहान
- ADVERTISEMENT -

“चुनावपछि प्रचण्ड–माधव समुहलाई देशैभर बत्ति बालेर खोज्नुपर्छ”

प्रकाशित मिति: २०७७ माघ १८, आइतबार

634
Shares

काठमाडौं, आइतबार, १८ माघ २०७७ । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पार्वत गुरुङले नेकपाबाट चोइटिएर गएको पुष्पकमल दाहाल, प्रचण्ड र माधव नेपाल नेतृत्वको नेकपाका चुनावपछि बत्ति बालेर खोज्नुपर्ने ठोकुवा गर्नुभएको छ ।

नेकपा दोलखा–काठमाडौं सम्पर्क मञ्चले आज काठमाडौंमा आयोजना गरेको बृहत कार्यकर्ता भेलामा बोल्दै नेकपाका केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री गुरुङले यस्तो ठोकुवा गर्नुभएको हो ।

‘चुनावपछि प्रचण्ड–माधव समुहलाई देशैभर बत्ति बालेर खोज्नुपर्छ, चुनाव कँहीपनि जितिदैन भनेर नै त्यो समुह डराइरहेको छ,’ मन्त्री गुरुङले भन्नुभयो, प्रधानमन्त्री केपी ओलीको भिजन, समृद्ध नेपाल नर्मिाण योजना र राष्ट्रियताको अडान देखेर उहाँहरु अरुको इसारामा पार्टी नै छाडेर भाग्नुभयो, जनताले यो तथ्य बुझिसकेका छन ।’ प्रचण्ड र माधवले आफ्नो पदकै लागि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि प्रधानमन्त्रीले बाध्य भएर संसद् विघटन गरेको तथ्य पनि उहाँले राख्नुभयो ।

संविधानको रक्षाका लागि अब ताजा जनादेशमा जानुको विकल्प नभएको उल्लेख गर्दै मन्त्री गुरुङले त्यसका लागि व्यापक तयारीमा लाग्न कार्यकर्तालाई अपिल गर्नुभयो । मन्त्री गुरुङले वर्तमान सरकारले राष्ट्र र राष्ट्रियता, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका क्षेत्रमा गरेको कामलाई जनतासम्म पुर्याउन पनि कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले दोलखा जिल्लाका प्रत्येक विद्यालय, वडा र प्रत्येक घरमा इन्टरनेट पुर्याउने सरकारको योजना रहेको जानकारी दिदैं दोलखालाई स्मार्ट दोलखा बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सम्पर्क मञ्चका अध्यक्ष गणेश शिवाकोटीले समृद्ध नेपाल निर्माणका लागि स्थिरता, विकास र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न एकजुट हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा दोलखामा कम्युनिष्ट पार्टीका पुराना लोकप्रिय नेता जीतविर लामासहित सवैजसो नेताहरुको सहभागिता रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -