काठमाडौं,१६ माघ २०७७ । नेपाली काँग्रेसका युवा नेता तथा समाजसेवी डम्बर खडकाले सु न पा १ गोर्खे स्थीत अपाँगता क्षेत्रमा कार्यरत स्वावलम्बन समुह नामक सँस्थाका १८ जना अपाँग भएका बिद्यार्थीहरुका परिवार मार्फत जाडोमा प्रयोग हुने न्यानो ओढने फाइबर सिरक उपलब्ध गराएका छन ।

सु न पा १ गोर्खे वडा कार्यालय प्राङ्गणमा स्वालम्वन समुहका अध्यक्ष धुर्व कुमार प्रधानको सभापतित्वमा भएको उक्त कार्यक्रममा उनले उपलब्ध गराएका हुन ।
उक्त कार्यक्रमका प्रमुख अतिथी युवा नेता खडकाले सत्कर्म र सत बिचारले लिएर कर्म गर्न सके मानिसको जीवन सफल रहने र यस्तो कर्मले आउने सन्ततीलाई राम्रो हुने र समाज समेत परिर्वतन हने भनाइ राखे कार्यक्रममा नेका जिल्ला सदस्य भिष्म प्रधान , रोशन बुढाथोकी लगायतले जन प्रतिनिधीले भन्दा ज्यादा काम यस क्षेत्रमा गरेको भन्दै प्रसंशा गर्नुका साथै धन्यबाद प्रकट गरेका थिए आयोजक समिति बिद्यार्थीहरुका अबिभावकहरुले सम्मान समेत गरेका थिए ।









































