गोरखा, बुधबार,१४ माघ २०७७ । गोरखामा बिजुलीको पोलमा वाइफाईको तार तान्ने क्रममा एक युवकको मृत्यु भएको छ ।
गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको थलिडाँडामा बिद्युतको पोलबाट तार तान्ने क्रममा २६ बर्षका उत्तम गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर खिम्पुटोल घर भएका गुरुङको मृत्यु भएको प्रहरीले भनाई छ । घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ ।









































