बझााङ, बुधबार, १४ माघ २०७७ । सरकारी बाईकमा आएका नेकपा कार्यकर्ताहरुले बझाङमा खुँडा प्रहार गरि तरुण दलका कार्यकर्ताको हत्या गरेका छन् ।
जिल्लाको छबिसपाथिभरा गाउँपालिका वडा नम्बर ३ का अमृत सिंहको खुँडा प्रहार गरि हत्या गरिएको हो ।
आक्रमणकारीले नेकपाबाट छबिसपाथिभरा गाउँपालिका वडा नं ३ मा निर्वाचित वडाध्यक्ष विकास ऐडीको सरकारी बाईक प्रयोग गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा प्रहरी नायव उपरिक्षक रुपक खड्काले बताए ।
गाउँपालिकाको वडा नम्बर ३ मा रहेको बन्निचौर माध्यामिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा भएको विवाद पछि खुँडा प्रहार गर्दा सिंहको ज्यान गएको उनले बताए ।
मंगलवार साँझ स्थानिय बजारको बीच सडकमै सिंहमाथि खुँडा प्रहार गरि हत्या गरिएको हो।खुँडा प्रहार गर्ने मध्येका एक जना सोही गाउँपलिका वडा नम्बर २ का ज्ञानबहादुर कडायत पक्राउ परेका छन् भने प्रहार गर्ने मध्येका अर्का युवक प्रकाश एैडी भने फरार रहेकाले उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।








































