काठमाडौं, सोमबार, १२ माघ २०७७ । वरिष्ठ नेता तथा पुर्ब प्रधानमन्त्री झलनाथ खनालको इलाम १ नम्बर निर्वाचन क्षेत्रका नेकपा कार्यकर्ताहरु पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन ।
इलाममा १७५ जना नेकपा कार्यकर्ताले पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छन् ।
सोमबार नेपाली कांग्रेस वडा समितिले आयोजना गरेको पार्टी प्रवेश तथा सम्मान कार्यक्रममा इलाम नगरपालिका–१० मा ३७ घरका १५० जना र सूर्योदयन गरपालिकाका २५ जना गरी १७५ जना कांग्रेसमा प्रवेश गरेका हुन ।
कांग्रेसमा प्रवेश गर्नेहरूमा इलामका हेमन्त राई, कृष्ण राई, इच्छाबहादुर राई, सूर्योदयका विनोद कट्टेल, धर्मराज रसाइली लगायत कांग्रेसमा प्रवेश गरेका छन् ।
कांग्रेसका प्रभावशाली युवा नेता डम्बर खड्काको प्रमुख आतित्थतामा भएको कार्यक्रममा खड्काले नवप्रवेशीलाई खादा ओढाएर स्वागत गरेका थिए ।
पूर्वप्रधानमन्त्री समेत रहेका झलनाथ खनाललाई जिताएर पठाउँदा समेत इलामले केही नपाएको बताउँदै नवप्रवेशीहरूले अब कांग्रेसबाट मात्रै आशा बाँकी रहेको बताए ।








































