काठमाडौँ, सोमबार, १२ माघ २०७७ । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली पक्षको र्यालीलाई ‘पञ्चर्याली’को संज्ञा दिएका छन् ।
सोमबार कोटेश्वरस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओलीले जत्रो सभा गरे पनि पञ्चर्यालीभन्दा फरक नभएको बताएका हुन् । ‘केपी ओलीले जत्रो सभा गरे पनि पञ्चर्याली भन्दा फरक हुने छैन । ढल्ने बेलामा राजा महाराजाका तर्फबाट पनि यस्ता र्याली निस्कन्थे ।’ उनले भनेका छन्।
यस्तै, अध्यक्ष प्रचण्डले संविधान,संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्ट्याउन कम्युनिस्ट पार्टी भित्रै घुसेका ‘सामन्ती’हरु लागिरहेको पनि उल्लेख गरेका छन् । उक्त षड्यन्त्रविरुद्ध देशव्यापी रुपमा आन्दोलन भइरहेको रत्यसलाई परास्त गरेरमात्रै विश्राम लिने उनको भनाई छ ।








































