गोरखा, शनिबार, १० माघ २०७७ । गोरखाको भिमसेन थापा गाउँपालिका-३ टारिफॅाटमा चौतारा पुनःनिर्माण गरिएको छ ।
स्व. हजुरआमा देवि माया भट्टले निर्माण गर्नुभएको चौतारा छोरा तारानाथ भट्टले पुनःर्निमार्ण गर्नुभएको के पी भट्टले जानकारी दिनुभयो । परिवारको सहयोगमा दिवंगत स्व. हजुरआमा देवि माया भट्टको स्मृतिमा चौतारो पुनःनिर्माण गर्नुभएको हो ।
बुवा तारानाथ भट्टको प्रेरणाले सामाजिक कार्यमा उत्प्रेरणा मिलेको के पी भट्टले बताउदै गाउँमा यस सामाजिक कार्यमा सहयोग पुर्याउने सबैप्रति धन्यबाद दिनु भयो ।









































