Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:५३:०९ बिहान
- ADVERTISEMENT -

नेकपा नेतृ फागुकुमारी सुनुवारसहित ५८ जना नेपाली कांग्रेसमा प्रवेश

प्रकाशित मिति: २०७७ माघ ८, बिहीबार

1871
Shares

सुनकोशी, बुधबार, ८ माघ २०७७ । ओखलढुंगाको सुनकोशी गाउँपालिकामा नेकपाका लोकप्रिय नेतृ फागुकुमारी सुनुवारसहित ५८ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

कांग्रेसले बिहीबार सुनकोशी गाउँपालिकाको वडा नं. ९ कटुञ्जेमा आयोजित कम्युनिस्ट सरकार विरोधी कार्यक्रममा कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले नेकपाका नेता कार्यकर्ताहरूलाई पार्टीमा स्वागत गरेका हुन् । पार्टी सभापति प्रदीपकुमार सुनुवारले पनि नवप्रवेशीहरूलाई खादा लगाइएर स्वागत गरेका थिए ।

कांग्रेस प्रवेश गरेकी सुनुवार पूर्ववडा सदस्य पनि हुन् । तत्कालीन समयमा सुनुवार एमालेबाट वडा सदस्यमा निर्वाचित भएकी थिइन् ।

नेकपाको संगठित सदस्यहरू सुवास केसी, ओम भुजेल, नवीन भुजेल लगायत ५८ जनालाई खतिवडाले पार्टीमा स्वागत गरेका हुन् ।

ओखलढुंगामा कम्युनिस्टहरू अलोकप्रिय बनिरहेका बेला नेकपाका नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस प्रवेश गरेका नवप्रवेशीहरूले कम्युनिस्टहरूमा बिचलन आएको भन्दै व्यक्तिगत स्वार्थका लागि जेपनि गर्ने कार्यले गर्दा देश बरबाद हुन लागेको बताएका छन् ।

पार्टी प्रवेश कार्यक्रममा ओखलढुंगा कांग्रेसका सभापति प्रदीपकुमार सुनुवार, उप–सभापति तेजेन्द्र खनाल, सचिव रुद्र अधिकारी, युवा नेता अशोक कार्की, कमल तमाङ, बालकृष्ण दाहाल र सर्वधन तामाङलगायतको उपस्थिति रहेको पूर्वसांसद खतिवडाको स्वकीय सचिव हुकुम राईले जानकारी दिएका छन्

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -