Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:०६:०० बिहान
- ADVERTISEMENT -

वरिष्ठ लोक गायक तथा सर्जक रत्न बानियाँको निधन

प्रकाशित मिति: २०७७ माघ ७, बुधबार

743
Shares

काठमाडौं, बुधबार, ७ माघ २०७७ । वरिष्ठ लोक गायक तथा सर्जक रत्न बानियाँको बुधबार बिहान ५८ वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि मृगौलाको बिरामी रहेका गायक बानियाँको बालाजुस्थित निवासमै निधन भएको पारिवारिक श्रोतले बताएका छन् । उनको निधनपछि अहिले सांगितिक क्षेत्र शोकमा डुबेको छ ।

वि.सं. २०१९ सालमा स्याङ्जा जिल्लाको फेदिखोला गाउँमा जन्मिएका बानियाँका थुप्रै चर्चित गीतहरु छन् । ‘लडाईको लाहुरे, पानमा सुपारी, फूल फूल्यो बाह्रमासेको, आधीखोलाको’ लगायता गीतहरु निकै चर्चित छन् ।

गायक बानियाँ दोहोरी गायक तथा सर्जक सँग सँगै कार्यक्रम प्रस्तोता, व्यवसायी, रेकर्डिङ स्टुडियोका संचालक तथा प्राविधिकसमेत थिए ।

झरना संगीत र झरना रेकर्डिङ स्टुडियोमार्फत नेपाली गीत संगीतको उत्थानमा लागेका रत्न बानियाँ स्थापितदेखि नयाँ गायक गायिकाहरुका प्रिय पात्र थिए ।

राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानका अध्यक्ष रमेश विजीले रत्न बानियाँको निधनले लोक दोहोरी क्षेत्रको एक खम्बा ढलेको उल्लेख गरेका छन् । बानियाँका गीतहरु मौलिक प्रकृतिका थिए । वरिष्ठ लोक गायक बमबहादुर कार्की सम्झन्छन्, ‘उनी असाध्यै धेरै मेहनती र मिलनसार थिए । गीत संगीतमा रुचि भएर पनि आर्थिक अवस्था कमजोर भएका व्यत्तिहरु रत्न वानियाँलाई सम्झिन्थे ।’

एक छोरा एक छोरी र श्रीमती रहेका वानियाँको आजै पशुपति आर्यघाटमा अन्यष्टि गरिने पारिवारीक श्रोतले कलाकुञ्जलाई जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -