तनहुँ, सोमबार, ५ माघ २०७७ । तनहुँमा नदीजन्य पदार्थको अवैध उत्खनन भएको छ । तनहुँको घिरिङ्ग गाउँपालिका- १ मा अबैद रुपमा नदीजन्य पदार्थको अवैध उत्खनन भएको खुल्न आएको छ ।
तनहुँको घिरिङ्ग गाउँपालिका वडा नम्बर १ खुम्लीङघाटमा अवैध रुपमा जेसिभी प्रयोग गरी उत्खनन गरेको भन्दै प्रहरीले आइतबार जेसिभी नियन्त्रणमा लिएको छ ।
उक्त घाटबाट अवैध रुपमा बलुवा तथा ढुङ्गा उत्खनन् गरेकाले चाबी र मेसिन सहित जेसिभी नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्षक एबम तनहुँ प्रहरीका प्रवक्ता युवराज तिमिल्सिनाले जानकारी दिए । नियन्त्रणमा रहेका जेसिभीलाई गाउँपालिकामा बुझाई, आवश्यक कारवाहीका गर्नका लागि पत्रचार समेत गरेको उनले बताए ।
यता गाउँपालिकाले भने घाटसम्म ढुङ्गागिटी, बलुवा जस्ता पदार्थ निकासीका लागि आबश्यक बाटो व्यवस्था गरिदिन व्यवसायीले निवेदन दिएकाले मोटरबाटो खोल्ने क्रममा जेसिभी प्रयोग गरेको हुन सक्ने घिरिङ्ग गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले बताए ।
घाटबाट अवैधमा रुपमा उत्खनन गरे, नगरेको अनुगमन गर्न गाउँपालिका उपाध्यक्षलाई अनुरोध गरेको छ ।
अवैध रुपमा उत्खनन गरेको भेटिए आवश्यक कारवाही गर्ने समेत घिरिङ्ग गाउँपालिकाका अध्यक्ष रानाले जानकारी दिए । प्रहरीले भने अवैध रुपमा उत्खनन् गरिरहेको अवस्थामा जेसिभी भेटिएकाले नियन्त्रणमा लिई गाउँपालिकालाई कारवाहीका लागि पत्रसहित सिफारिस गरेको छ ।
स्थानीय बासिन्दाले गल्ती गर्नेलाइ कारबाही गर्न माग गरेका छ्न ।








































