Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:३१:४७ बिहान
- ADVERTISEMENT -

कांग्रेस टुलुटुलु हेरेर बस्दैन: प्रकाशमान सिंह

प्रकाशित मिति: २०७७ माघ ३, शनिबार

649
Shares

काठमाडौं, शनिबार, ३ माघ २०७७ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओलीले संविधानमा नभएकाे अधिकार प्रयाेग गरेर प्रतिनिधिसभा विघटन सिफारिस गरेकाे भन्दै कांग्रेस टुलुटुलु हेरेर नबस्ने बताएका छन् ।

प्रतिनिधिसभा विघटनविरूद्द शनिबार वसन्तपुरमा आयाेजित सभामा बाेल्दै उनले प्रधानमन्त्री ओलीले आफैलाई संविधान ठान्न मिल्छ ? भन्दै प्रश्न पनि गरे । उनले राष्ट्रपति, प्रधानमन्त्री, सांसद सबैले संविधानकाे पालना गर्नुपर्ने बताए ।

‘मै संविधान हुँ भनेर प्रतिनिधिसभा विघटन गर्न पाइन्छ ?’ नेता सिंहले भने, ‘कांग्रेसकाे नेतृत्वमा संविधान जारी भएकाे हाे । निर्वाचित प्रधानमन्त्रीले असंवैधानिक कदम उठाउँछ भने कांग्रेस टुलुटुलु हेरेर बस्दैन ।’ उनले संविधानकाे बर्खिलापमा प्रधानमन्त्रीले गरेकाे सिफारिस राष्ट्रपतिले अनुमाेदन गर्न पाइन्छ भन्दै प्रश्न गरे । संविधानकाे पालक भएकाले असंवैधानिक काम हुन नदिनु राष्ट्रपतिकाे दायित्व भएपनि राष्ट्रपति त्यसमा चुकेकाे उनकाे भनाइ थियाे ।

त्यस्तै उनले सरकारले स्वास्थ्य सामाग्री खरिदमा अनियमितता गर्दा, जनतालाई नियन्त्रण गर्ने विधेयक ल्याउँदा प्रचण्ड, माधव नेपल,झलनाथ खनाल, बाबुराम भट्टराईहरू कत‌ै नबाेलेकाे भन्दै अहिले पार्टीमा लेनदेन नमिलेपछि बाेल्न थालेकाे बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -