काठमाडौँ, शनिबार, ३ माघ २०७७ । भाईरल मेनुका परियारको पहिलो गित ‘चल्यो बतास’ आजबाट करोड क्लवमा प्रवेश गरेको छ ।
आजभन्दा करिव ४ महिना अघि खरो मिडियाको अफिसियल युटुवबाट सार्वजनिक भएको गितमा भाईरल गायिका मेनुका परियार र सिताराम परियारको आवाजमा रहेको छ ।
निकै मिठा र गहकिला शब्दहरुले भरिएको गितमा सर्जक गोविन्द पंगेनीको उत्कृष्ट लय शब्द सृर्जना रहेको छ । गितमा मायाप्रेमको विषयवस्तु दर्शाईएको छ ।
पछिल्लो समय सांगितिक यात्रामा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोकप्रिय कलाकार मोडेल करिष्मा ढकाल र शरद आईजीको डान्सिङ्ग फिचर रहेको गितलाई अमर सुनार निर्देशक गरेका हुन ।
गितको म्युजिक भिडियो अत्यन्तै उत्कृष्ट बनेको छ । छोटो समयमै युटुवमा निकै रुचाईएको उक्त गीत आज करोड क्लवमा प्रवेश गरेको हो । टिकटकमा पनि गितका प्रत्येक टुक्का उत्तिकै लोकप्रिय छ ।
प्रकाश खड्काले छांयाकन गरेको गितको म्युजिक भिडियोलाई राजकुमार मगरले सम्पादन गरेका हुन ।
भिडियो








































