गोरखा, शनिबार, ३ माघ २०७७ । नेपाल कम्युनिष्ट पार्टी फुटको संघारमा पुगेको बेला विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेस प्रवेशको लर्को लागेको छ ।

आज शनिबार गोरखा नगरपालिकाको आयोजित बिरोध सभामा नेकपा लगायत विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रबेश गर्नेको लहर चलेको छ ।

नेकपाले जनताको पक्षमा काम नगरेको नबप्रबेशीले बताएका छन । गोरखा नगरपालिकाबाट तीस जना प्रबेश गरेका छन । नब प्रबेशीलाइ नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले टीका, खादा लगाइ स्वागत गरिएको सुमन पन्तले जानकारी दिनुभयो ।








































