काठमाडौं, शनिबार, ३ माघ २०७७ । नेपाल कम्युनिस्ट पार्टीका नेता एवं पूर्वमन्त्री वर्षमान पुन ‘अनन्त’ले प्रधानमन्त्री केपी शर्मा ओलीको गुटले जनादेश मिचेको बताएका छन् ।
आज शनिबार नेकपा दाङले तुलसीपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पुनले यस्तो बताएका हुन् ।
‘ओली गुटले जनादेश मिचेको छ, ५ वर्षका लागि जनताले दिएको जनादेश विघटन गरेको छ ।’ पुनले भने । ओली सरकारका कदमहरू लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशिता, सामाजिक न्यायविरुद्ध देखिएका पुनले आरोप लगाए ।








































