Opens in a new tab
२०८३ मंसिर १, सोमबार
५:०६:१५ बिहान
- ADVERTISEMENT -

पूर्वाधार करबाट १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युतबाट ५४ अर्ब रुपैयाँ संकलन

प्रकाशित मिति: २०७७ माघ १, बिहीबार

523
Shares

काठमाडौं, बिहिबार,१ माघ २०७७ । निर्माण मोडालिटीको टुंगो नलागे पनि इन्धनमा लगाइएको पूर्वाधार करबाट १२ सय मेगावाटको बूढीगण्डकी जलाशय जलविद्युत आयोजना विकासका लागि ५४ अर्ब रुपैयाँ संकलन भएको छ ।

पेट्रोल, डिजेल र हवाई इन्धनमा लगाएको पूर्वाधार करबाट चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा यति रकम उठाएको हो ।

पूर्वाधार करबाट बूढीगण्डकीका लागि उठेको रकम सरकारको बैंक खातामा नियमित जम्मा भइरहेको नेपाल आयल निगमका निमित्त नायब कार्यकारी निर्देशक (अर्थ /प्रशासन) नागेन्द्र साहले बताए । उनका अनुसार निगमले आर्थिक वर्ष २०७३ जेठदेखि बूढीगण्डकीका लागि पेट्रोलियम पदार्थ आयात गर्दा लाग्ने पूर्वाधार कर सरकारलाई तिरिरहेको छ ।

‘सुरुवातमा पेट्रोल, डिजेल र हवाई इन्धनमा ५ रुपैयाँ कर उठ्थ्यो,’ उनले भने, ‘अहिले प्रतिलिटर १० रुपैयाँ उठिरहेको छ ।’ उनले केही वर्ष बूढीगण्डकी शिर्षकमा कर लगाइएकोमा अहिले पूर्वाधार कर अन्तर्गत रकम उठिरहेको बताए ।

सरकारले आर्थिक वर्ष २०७२/७३ देखि निगमले बूढीगण्डकीका लागि लगानीको स्रोत जुटाउन भन्दै पेट्रोलियम आयातमा कर लगाएको थियो । प्रतिलिटर ५ रुपैयाँ पूर्वाधार कर लाग्दै आएकोमा २०७६ फागुनदेखि यसको दायरा बढाएर प्रतिलिटर १० रुपैयाँ पुर्याइएको छ । २०७६ फागुन १२ गतेको मन्त्रिपरिषद बैठकले पूर्वाधार कर बढाउने निर्णय गरेको थियो ।

आर्थिक वर्ष २०७२/७३ को बजेट वक्तव्यमार्फत ‘स्वच्छ ऊर्जा विकासका लागि बूढीगण्डकी जलाशय आयोजना’ का नाममा भन्सार विन्दुमा पूर्वाधार कर असुल्दै आएको छ । भन्सार विभागले नेपाल भित्रिने पेट्रोलियम पदार्थ पूर्वाधार कर उठाउँदै आएको छ ।

सरकारले यही रकम अहिले बूढीगण्डकी आयोजनाको मुआब्जा वितरणमा खर्च गरिरहेको छ । अहिलेसम्ममा ३३ अर्ब रुपैयाँ मुआब्जा वितरण भएको छ ।

गोरखा र धादिङका साढे १४ हजार जग्गाधनीले बूढीगण्डकीको मुआब्जा बुझोका छन् । बजारबाहेक तल्लो भेगका घर, गोठ, फलफूल र बोटबिरुवाको क्षतिपूर्ति वितरणको काम अझै बाँकी छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -