गोरखा, २९ पुस २०७७ । गोरखामा आफैले काटेको रुखले च्यापिएर एक युवाको मृत्यु भएको छ ।
आज विहान करीब ८ बजे भिमसेन थापा गाउँपालिका वडा नं ३ को तान्द्राङमा रुख काट्ने क्रममा पाँचथर घर भएका १८ बर्षका उमेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताउनुभयो ।
साथै, पोष्टमार्टम पछि उनको शव आफन्तजनलाई जिम्मा लगाउने उहाँले बताउनुभयो ।









































