सिन्धुपाल्चोक, २९ पुस २०७७ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा नेकपाका दर्जनौं नेता कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन् । मंगलबार एक कार्यक्रमकाबिच हेलम्बु गाउँपलिका वडा नं- २ भिरखर्क बस्तीका नेकपाका दर्जनौं नेता कार्यकर्ता नेकपा परित्याग गरी कांग्रेस प्रवेश गरेका हुन् ।
गत स्थानिय निर्वाचनमा हेलम्बु गाउँपालिकाका ७ वटा वडा मध्ये त्यहि वडा नं २ एक मात्र तत्कालिन नेकपा एमालेले जितेको उक्त्त वडामा रहेको भिरखर्क बस्तीका नेकपाका दर्जनौं नेता कार्यकर्ता कांग्रेस प्रवेश गरेका हुन् ।
हामी गरिबको नाम बेचेर राजनिती गर्ने कम्युनिष्ट परिपाटीको चरित्र उदाङ्गो भएको छ । कांग्रेस प्रवेश गर्दै नेकपाका अगुवा कार्यकर्ता श्रीलाल तामाङले भने गरिबलाई भर्याङ बनाएर आफ्नो अभिष्ट पुरागर्ने कम्युनिष्टको झुटको खेति बन्दगर्दै साच्चिकै जनताको भावना बुझ्ने पार्टी नेपाली कांग्रेसमा गोलबद्द हुन सम्पुर्ण हेलम्बुबासीलाई आव्हान समेत गरेका छन्।
यसअघी पनि सोहि वडाका चुरेटार बस्तिका नेकपा तथा राप्रपाका दर्जनौं नेताकार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका थिए । बिकास लगायत जनताको हरेक दुखसुखमा साथ दिने एकमात्र पार्टी नेपाली कांग्रेस भएको भन्दै हेलम्बुमा पार्टी प्रवेशको लहरै चलेको हेलम्बु गाउँपालिका उपाध्यक्ष कोपिला पण्डितले बताइन ।
आफुले आफ्नै समुदायको व्यक्तिलाई मत दिएर जिताएपनी निर्वाचन पश्चात् ति माननियको अनुहारनै नदेखेको र जनतालाई चाहिने सबै बिकासका काम नेपाली कांग्रेसको स्थानिय सरकारले गरिदिएको तथा निर्वाचनमा मत नदिएपनी बिकासका काममा कांग्रेसले कुनै भेदभाव नगरेकोले अब जनताको पार्टी भनेको कांग्रेस मात्रै रहेछ भन्ने बुझेर कांग्रेस प्रवेश गरेको हेलम्बु-२का कुलमान तामाङले बताए ।
स्थायित्वको लागी नेकपालाई नेपाली जनताले दुई तिहाइ मत दिएकोमा सत्तालिप्साका कारण आफु-आफुमा लडेर जनमतको अवमुल्यनगर्दै संसदनै विघटन गरेकोले नेकपाको असली रुप देखिएको उनले बताए ।
नव प्रवेशीहरुलाई पार्टी प्रवेश गराउँदै हेलम्बु गाउँपालिका अध्यक्ष एवं नेपाली कांग्रेस सिन्धुपाल्चोक का युवा नेता निमा ग्याल्जेन शेर्पाले कम्युनिस्ट सरकारको अधिनायकवादी चरित्र र झुठो आश्वासनले आम नागरिकमा निराशा छाएको बताए । शेर्पाले नेपाली कांग्रेस लाई बिश्वास गरेर प्रवेश गर्ने सबै नेता कार्यककर्ताको सुखदुःखमा आफू सधैं साथमा रहने बताए ।
गत महिना मात्रै हेलम्बु गाउँपलिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हेलम्बु-७ पातिङ काटुङ र हेलम्बु-२ चुरेटार बस्तिका सयौं नेकपा नेता-कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गराएका थिए ।








































