सुनसरी, २८ पुस २०७७ । एटिएम बुथ तोडफोड गर्ने प्रयास गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
धरान उपमहानगरपालिका-१२ स्थित एनआईसी एशिया बैंकको एटिएम बुथ तोडफोड गर्ने प्रयास गरेको आरोपमा कोशी गाउँपालिका-३ बस्ने २३ वर्षीय सुभान मनसुरीलाई प्रहरीले पक्राउ गरेको हो ।
मनसुरीलाई सिसीटिभी फुटेजका आधारमा धरान उपमहानगरपालिका-१८ घोपाबाट प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।








































