काठमाडौं, शुक्रबार, २३ पुस २०७७ । काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी छोडेर हिँडेका भगौडाको कुरा नसुन्न आम सर्वसाधारणलाई आग्रह गरेका छन्। धनगढीमा शुक्रबार आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन् ।
‘तपाईँले पार्टी छोडेर हिँडेका, गाली गर्दै हिँडेका केही भगौडाको कुरा सुन्नु भएको होला। त्यो कुरासँग प्रभावित हुनुपर्ने कुनै कारण छैन, केन्द्रीय कमिटीको बैठकमा नआएर अन्यत्र-अन्यत्र भागेर हामी यहाँ छौं भन्दै हिड्नेको कुरा सुन्नु पर्दैंन।’ ओलीले भने ।
नेताहरु पार्टीको बैठक छाडेर सडकमा गएको ओलीको भनाई छ । ‘बैठकमा नआएर नेताहरु कहाँ गएछन् भनेको त बाटोमा हामी यहाँ छौं भनेर बसेका रहेछन् ।’ प्रचण्ड-नेपाललाई व्यङ्ग्य गर्दै ओलीले भने ।








































