गोरखा, शुक्रबार, २४ पुस २०७७ । गोरखाको पालुङ्गटारमा करोडौं लगानीमा सुबिधा सम्पन्न होटल तथा रेष्टुरेन्ट (होटल लिगलिग मनास्लु भ्यू ) सञ्चालनमा आएको छ ।
उक्त सुबिधा सम्पन्न होटल करिब ७ करोड लागतमा करिब १० रोपनी क्षेत्रफलमा आधुनिक शैलिमा निर्माण गरिएको होटलमा डिलक्स र प्रिमिएर गरी २० वटा सुबिधा सपन्न कोठा, सेमिनार हल, पार्टि प्यालेस, मिटिङ्ग हल, रेष्टुरेन्ट बार सञ्चालनमा रहेको होटल लिगलिग मनास्लु भ्यूका सञ्चालक मान बहादुर पौडेेलले जानकारी दिनुभयो ।
उहाले भने हाम्रो यश क्षेेेेत्रमा घुम्न आउने प्रर्यटकका लागि यहा बस्नेे ठाउँ नभएर बैकल्पिक ठाउँमा जानू पर्ने समस्या थियो अब प्रर्यटकका लागि पालुङटार आउन र बस्नमा कुनै समस्या हुँदैन ।
गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा होटल सञ्चालन गरिएको हो । पालुङटार नगरपालिकालाई नेपाल सरकारले स्मार्ट सिटीको रुपमा अगाडि सारेको छ, राष्ट्रिय गौरवको आयोजना मध्य पहाडी लोकमार्ग पनि पालुङटार हुँदै सञ्चालनमा आउँदै छ ।
२०३०/३१ सालबाट रोकिएको पालुङटार एर्पोट पनि संघिय र प्रदेश सरकारले सञ्चालनमा ल्याउनका लागि तयारी गरिएको छ । जसले गर्दा यस्ता होटलहरु सञ्चालनमा आउँदा विकासमा टेवा पुग्ने योजना रहेको छ ।








































