काठमाडौ, बुधबार, २२ पुस २०७७ । प्रतिनिधि सभा विघटनबारे केही बोल्न नसकेको भन्दै नेपाली कांग्रेसका प्रभावसाली युवा नेता गगन थापाले बुधबार बिहान सामाजिक सन्जालमा ट्विट गर्दै नेम्वाङको निरिहता देखेर दया लागेको बतायका छन ।
प्रधानमन्त्री केपी ओलि ले गरेको प्रतिनिधिसभा विघटनलाई संविधानसभामा अध्यक्ष भयको नाताले नेम्वाङले असंबैधानिक भयको भन्नुपर्नेमा उनी अहिले लुकेर बसेको थापाको आरोप छ ।
थापाले लेखेका छन , मलाई लागेको थियो कि यो संकटमा मेरो अध्यक्षले अदालतमै उभियर श्रीमान् @PM Nepal ले गर्नु भयको असमबैधानिक हो ।मेरो नेतृत्वमा बनायको संविधानमा यस्तो प्राबधान लेखिएको छैन र बिधायकी मनसाय यस्यो हुँदै होइन भनेर सन्दर्भ सहित जमेर बहस गर्नुहुन्छ ।´
थापाले लेखेका छ्न ‘अपसोछ उहाँ त कसैले केही सोध्लान कि भनेर लुकेर बस्नुभयको छ,प्रस्नबाट भाग्नुभयको छ । आफैले बनायको संविधान “कु” हुदैगर्दा त्यस विरुद्ध चुइक्क बोल्न नसक्ने मेरो अध्यक्षको यो तहको निरिहता देखेर दया लागेको छ ।,








































