काठमाडौँ, सोमबार, २० पुस २०७७ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी गर्ने २ जनालाई मोटरसाईकलसहित पक्राउ गरेको छ ।
पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरीटोलीले नयाँबजारस्थित सडक खण्डबाट आयुष थापामगर र बालाजु स्थित सडकखण्डबाट रोशन लामिछाने सवार गरीरहेको मोटरसाईकलसहित आईतबार पक्राउ गरेको जानकारी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिनुभयो ।
नयाँबजार सडकखण्डबाट जिल्ला धादिङ्ग त्रिपुरा सून्दरी गाउँपालिका वडा नं.५ चैनपुर बस्ने वर्ष २२ को आयुष थापा मगरलाई प्रदेश३-०२-००८प२६०७ नम्वरको कालो रातो रंगको२२०सी सी को पल्सर मोटरसाईकलसहित पक्राउ गरिएको महाशाखाले जनाएको छ । अनुसन्धानको क्रममा उक्त मोटरसाईकलको वास्तविकनं. लु ५२ प ७३३५ खुल्न आएको छ ।
उक्त नम्वरको मोटरसाईकल २०७६।०५।०६गते काठमाण्डौ ठमेलस्थित भगवान बाहाल मन्दिरअगाडि पार्किङ्ग स्थलबाट हराएको हुँदा खोजतलास गरि पाउँ भनि कुमार राना मगरले निवेदन महाशाखामा दिएको थिए । उक्त निवेदनका आधारमा मोटरसाईकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, लैनचौर पठाईएको महाशाखाले जनाएको छ ।
त्यस्तै, काठमाण्डौ बालाजु सडकखण्डबाट जिल्ला दोलखा भिमेश्वलर नगरपालिकावडानं. ३भिमफेदी घरभईहाल काठमाण्डौ रानिवन बस्ने वर्ष २४ को रोशन लामिछानेलाई बागमती प्रदेश ०२-०१७ प ३४४७ नम्वरको कालो रातो रंगको२२०सी।सी। को पल्सर मोटर साईकलसहित पक्राउ गरिएको छ ।
उक्त नम्वरको मोटरसाईकल २०७७।०८।१४ गते काठमाण्डौ बनस्थलीबाट हराएकोले खोजतलास गरि पाउँ भनि रामकृष्ण ढकालले हुलियासहितको निवेदन महाशाखामा दिएको थिए । उक्त निवेदनका आधारमा मोटरसाईकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरीवृत्त, बालाजु पठाईएको छ।
महाशाखाले यस पौष महिनामा मात्रै ४१ वटा मोटर साइकल अनुसन्धानको लागि ल्याएकोछ भने चोरीमा संलग्न ११ जना व्यक्तिहरूलाई पक्राउ गरी मुद्दा समेत चलाईसकेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।








































