काठमाडौं, सोमबार, २० पुस २०७७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले गण्डकी प्रदेशका इन्चार्ज पृथ्वीसुब्बा गुरुङ र लुम्बिनी प्रदेशका इन्चार्ज शंकर पोखरेललाई जिम्मेवारीबाट हटाएको छ ।
नेकपा दाहाल–नेपाल समूहको पेरिसडाँडामा आज बसेको बैठकले उहाँहरुलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनु भयो ।
गण्डकी प्रदेश इन्चार्ज रहनुभएको गुरुङको ठाँउमा पूर्व माओवादीका देवेन्द्र पौडेललाई जिम्मेवारी दिइएको छ । त्यसैगरी लुम्बिनी प्रदेश इन्चार्जमा पोखरेल हटाएर पूर्व एमालेका युवराज ज्ञवालीलाई जिम्मेवारी दिइएको छ ।








































