Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:१५:११ बिहान
- ADVERTISEMENT -

छोराको स्मृतिमा तुलाचनद्वारा द्वन्द्वपीडित बालबालिकालाई सहयोग

प्रकाशित मिति: २०७७ पुस २०, सोमबार

597
Shares

पोखरा, सोमबार, २० पुस २०७७ । आफ्ना स्वर्गीय छोरा सुमन शेरचनको स्मृतिमा मार्सी भान्छा घर प्रालि एण्ड बैना दोहोरी साँझ, पोखराकी प्रबन्धक सुकु तुलाचनले एकीकृत सिर्जनशील समाज नेपाल, काठमाडौंमा रहेका द्वन्द्वपीडित असहाय बालबालिकाको सहयोगार्थ १० हजार रुपैयाँ नगद सहयोग गरेका छन् ।

तुलाचनले आइतबार समाजकी कोषाध्यक्ष एवं असहाय बालबालिकाहरूकी आमाका रुपमा प्रसिद्धि कमाएकी सामाजिक अभियन्ता जुनु पुनलाई सो नगद सहयोग हस्तान्तरण गरे ।

नगद सहयोग ग्रहण गर्दै सामाजिक अभियन्ता पुनले आफ्नो दिवंगत छोराको स्मृतिमा आफ्ना आमा बुबा नभएका बालबालिकाका लागि तुलाचनले गरेको सहयोग महत्वपूर्ण भएको बताए ।

पुनले आफ्नो छोरा नभएपनि समाजमा रहेका असहाय बालबालिकालाई आफ्नै छोराछोरी सम्झेर गरेको सहयोगका लागि तुलाचनलाई धन्यवाद दिए ।

त्यस्तै, नगद हस्तान्तरण गर्दै स्व. सुमन शेरचनकी आमा सुकु तुलाचनले आफ्नो छोरा नभएपनि सिर्जनशील समाजमा रहेका बालबालिकालाई आफ्नै छोराछोरी सम्झेर थोरै भएपनि आर्थिक सहयोग गरेको बताए ।

आफूले पहिलेदेखि नै सहयोग गर्न चाहेको भएपनि समय नमिलेको बताउँदै तुलाचनले अहिले बल्ल छोराको नाममा सहयोग गर्ने मेसो मिलेको उल्लेख गरे ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशका अध्यक्ष एमबी आस्था, नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशका सचिव रूद्रबहादुर श्रीस, मार्सी भान्छा घर प्रालि एण्ड बैना दोहोरी साँझका सञ्चालक गोविन्द काला, टाइगर्स फिल्मस् प्रालिका अध्यक्ष एवं निर्देशक गोविन्द पुनको विशेष उपस्थितिमा सो नगद सहयोग हस्तान्तरण गरिएको हो ।

तुलाचनकी छोरा सुमन शेरचनको २०७६ असोज २४ गते ब्लड क्यान्सरका कारण २१ वर्षको अल्पायुमै निधन भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -