काठमाडौं, आइतबार, १९ पुस २०७७ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई भातृशोक परेको छ ।
शेखरका दाजु निरञ्जन कोइरालाको भारतमा निधन भएको छ ।
भारतमै बसोबास गर्दै आएका निरञ्जन लामो समयदेखि अस्वस्थ रहेका थिए ।
यसैबीच कोरोना संक्रमण भएपछि उनी विगत एक महिनादेखि भारतको म्याक्स अस्पतालमा उपचारत थिए ।
स्वर्गीय निरन्जन कोइरालाले निरंकुश पंचायती शासनका बिरुद्ध प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भुमिका निर्बाह गर्नु भएको थियो ।
स्वर्गीय कोइराला नेपालका पुराना र प्रतिष्ठित पर्यटन व्यावसायी समेत हुनुहुन्थ्यो । उहाँको निधनले मलाई र सिङ्गो पार्टीलाई अपुरणिय क्षति पुगेको छ ।









































