काठमाण्डाै, शुक्रबार, १७ पुस २०७७ । आज अङ्ग्रेजी नयाँ वर्ष २०२१ को पहिलो दिन ‘अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस’ नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाएको छ ।
लायन्स क्लब अफ काठमाण्डौ मनास्लु, गणेश हिमाल र मनास्लु नागर्जुनले संयुक्त रुपमा ‘अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस’ मनाएको छ । क्षेत्रिय व्यक्ति (जोन चियर पर्शन) भिम प्रसाद काप्री , डिस्टिक चियर पर्शन लायन राजन प्रसाद काप्री र मनास्लु गणेश हिमालका अध्यक्ष लायन इन्द्र भट्ट, मनास्लु नागर्जुनको अध्यक्ष बिण्णु खकुरेल लगाएत लायन सदस्यहरुको उपस्थिती थियो ।
नागर्जुन १ राधाकृष्ण मन्दिरमा कार्यक्रम आयोजन गरिएको हो ।

नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो । जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलो पटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाइ छ । नेपाल बाहिर रहेका नेपाली र नेपाली भाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् ।
नेपाली टोपीको साइनो बंगलादेशको ढाका, काश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ । विशेषतः भादगाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन् ।
यो दिन नेपाल र नेपालबाहिर रहेका नेपाली समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी धुमधामका साथ नेपाली टोपी दिवस मनाउने गरेका छन् । यो लहरसँगै पछिल्लो समय नेपाली टोपी लगाउनेको सङ्ख्या बढिरहेको छ ।









































