Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:००:०९ बिहान
- ADVERTISEMENT -

संविधानको संरक्षण गरे मात्रै लोकतन्त्र बलियो हुन्छः वरिष्ठ नेता पौडेल

प्रकाशित मिति: २०७७ पुस १७, शुक्रबार

597
Shares

पोखरा, शुक्रबार, १७ पुस २०७७ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको संरक्षण गरे मात्रै लोकतन्त्र बलियो हुने बताउनु भएको छ ।

कांग्रेस कास्कीद्वारा ४५ औंँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा पोखरामा आयोजित ‘वर्तमान अवस्थामा राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सान्दर्भिकता’ विषयको प्रवचन कार्यक्रममा उनले संविधानको संरक्षण गरे मात्रै लोकतन्त्र बलियो हुने भएकाले प्रतिनिधि पुनःस्थापना अहिलेको आवश्यकता भएको बताउनु भएको हो ।

प्रतिनिधिसभा भङ्ग भएपछि अन्तरराष्ट्रिय खिंचातानीको भुमरीमा देशलाई पार्न खोजिएको जनाउँदै पूर्वसभामुख पौडेलले प्रतिनिधिसभा पुनःस्थापना नै अहिलेको समस्या समाधान भएको स्पष्ट पार्नुभयो ।

निर्वाचनमा गए कांग्रेसलाई फाइदा भए पनि ७० वर्ष लडेर ल्याइएको लोकतान्त्रिक गणतन्त्र धरापमा पर्ने जिकिर गर्दै कांग्रेस निर्वाचनसँग नडराएको जनाउँदै उहाले विधि र प्रक्रियासँगै संविधानको रक्षाका लागि आफू पार्टीमा पनि लडेको र सरकारसँग पनि लड्ने बताउनु भयो ।

वाम गठबन्धनलाई पाँच वर्षसम्म सरकार चलाउन जनादेश दिइएकामा पार्टीभित्रको विवाद मिलाउन नसकेर प्रतिनिधिसभा भङ्ग गरिएको आरोप लगाउँदै वरिष्ठ नेता पौडेलले जनताको चाहना र इच्छामाथि कुठाराघात गर्न पाइँदैन, उहाले भन्नुभयो ।

उक्त कार्यक्रममा पूर्वसभामुख एवं कांग्रेसका पूर्वमहामन्त्री तारानाथ रानाभाटले प्रतिनिधिसभा विघटनले नेपाली जनताले दुःखले ल्याएको संविधान खतरामा परेको टिप्पणी गर्दै त्यसको पुनःस्थापना नै अहिलेको उपयुक्त विकल्प हुने बताउनु भयो ।

कांग्रेस नेता शुक्रराज शर्मा, पूर्वमन्त्री एवं आमन्त्रित केन्द्रीय सदस्य कुमार खड्का, पूर्वमन्त्री यज्ञबहादुर थापा, सोभियत बहादुर अधिकारी, खेमराज पौडेल, देवराज चालिसे, कास्की कांग्रेसका सभापति कृष्ण केसीलगायतले देश संकटमा परेका बेला बिपी कोइरालाले राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई अवलम्बन गरेको बताउँदै वर्तमान सन्दर्भमा पनि यसको उत्तिकै सान्दर्भिकता रहेकामा जोड दिनु भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -