Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०५:४४ बिहान
- ADVERTISEMENT -

आज तमु ल्होसार, घरघरमै मनाईंदै

प्रकाशित मिति: २०७७ पुस १५, बुधबार

958
Shares

काठमाडौ‌, बुधबार, १५ पौष २०७७ । आज पौष महिनाको १५ गते तमु (गुरुङ) समुदायको साँस्कृतिक चाड तमु ल्होसार । गुरुङ समुदायको परम्परागत साँस्कृतिक मान्यता अनुसार यस पटकको तमु ल्होसार मुसा बर्गलाई विदाई गर्दै गाई बर्गलाई स्वागत गरी मनाईंदैछ ।

गुरुङ समुदायका पुरोहितहरु, बोन्पो लम, प्हच्यु, क्ल्हेप्रीले पौष १४ गते मध्यरात १२ बजे दोखदोखालो मन्साउनेदेखि लिएर ग्रह शान्तिलगायतका धार्मिक अनुष्ठान गरी पुरानो बर्गलाई विदाई गरी नयाँ बर्गको स्वागत गर्ने परम्परा छ । कतिपय स्थानमा पौष १४ गते मध्यरातमा पुजा गरिए पनि पौष १५ गतेको विहानीको झुल्के घामसंगै नयाँ बर्ग वा नयाँ बर्ष प्रारम्भ हुने मान्यता पनि रहेको छ ।

तमु ल्होसार विभिन्न १२ वटा जीवजन्तुमा आधारित बर्गमा आधारित हुन्छ । जसमा गाई, बाघ, बिरालो, गिद्ध, सर्प, घोडा, भेंडा, बाँदर, चरा, कुकुर, मृग र मुसा रहेका छन । हरेक बर्षको षौष १५ मा एउटा वर्ग जाने र अर्को वर्ग आउने चक्र निरन्तर चलिरहन्छ । गुरुङ समुदायमा बर्गलाई बर्षको रुपमा मानिन्छ र त्यही बमोजिम गणना पनि गरिन्छ । जसअनुसार पौष १५ गते तमु समुदायले मनाउने तमु ल्होसार पर्वमा बर्ग फेरिने भएकाले आजको दिनलाई नयाँ बर्षको रुपमा पनि लिइन्छ ।

देश तथा विदेशमा रहेका सम्पूर्ण तमुहरुले तमु ल्होसार आ–आफ्नै मान्यता, शैली र अवस्था अनुसार मनाउँदै आएको पाइन्छ । यस बर्ष कोरोना महामारीका कारण गत बर्षको जस्तो रौनक नभए पनि घर घरमै ल्होसार मनाउन तमू ह्युल छोंज धिं, गुरुङ राष्ट्रिय परिषदले आह्वान गरेको छ । काठमाडौंमा रहेको तमूहरुले अघिल्ला बर्षहरुमा टुंडिखेलमा विशेष कार्यक्रमको आयोजना गर्ने गरेको भएपनि यस बर्ष कोरोना संक्रमण जोखिमका कारण घरघरमै चाड मनाउन परिषदले आग्रह गरेको हो ।

परिषदले भर्चुअल रुपमा मात्रै तमु ल्होसारको औपचारिक कार्यक्रम गर्ने तमू ह्युल छोंज धिं, गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष रेशम गुरुङले जानकारी दिनुभयो । “यस पटक परिषदको कार्यालयमा सीमित प्रतियोगी कलाकार भौतिक रूपमा उपस्थित गराएका छौं । नृत्य र तमु आइडल मातृभाषाको गायन प्रतियोगिता जारी छ ।” उनका अनुसार लोक दोहोरी, गीत, कविताका जस्ता प्रतियोगिता आयोजना गरिएको उहाले बताउनु भयो ।

परिषद्ले ल्होसारको मुख्य दिन आज अनलाइनको माध्यमबाट कार्यक्रम गर्दैछ । आजको कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल रुपमै शुभकामना दिनु हुनेछ ।

त्यसैगरी,  नेपाली कांग्रेस, जनता समाजवादी पार्टीका नेताले समेत शुभकामना दिने छन् । जुममार्फत् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तमु संघसंस्थाहरूबीच शुभकामना आदानप्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -