Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०६:४६ बिहान
- ADVERTISEMENT -

महालक्ष्मी बैंक घोटालाका मुख्य आरोपित पक्राउ

प्रकाशित मिति: २०७७ पुस १४, मंगलबार

496
Shares

काठमाडौं, मंगलबार, १४ पौष २०७७ । ललितपुरको कुमारीपाटीस्थित महालक्ष्मी विकास बैंकमा भएको घोटालाका मुख्य अभियुक्त पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बैंक घोटालाका मुख्य आरोपी पद्म ज्ञवालीलाई सोमवार पक्राउ गरेको हो ।

पल्पा घर भएका ज्ञद्दवाली काठमाडौंको चन्द्रागिरि नगरपालिका निवासी हुन । सिआइबी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) सहकुल थापाका अनुसार ज्ञवाली सुन जाँचकी हुन । ‘उनी मुख्य व्यक्ति हुन्। उनीलगायत बैंकका कर्मचारीहरूको मिलेमतोमा कम धितो राखी बढी ऋण प्रवाह गरिएको थियो,’ डिआइजी थापाले भन्नुभयो ।

सिआइवीले सो बैंक घोटालाका प्रमुख ऋणीहरूलाई पक्राउ गरिसकेको छ । तीन जना तत्कालीन शाखा प्रबन्धकसहित ७ जना पक्राउ परेका हुन । ‘कर्मचारीहरू कतिसम्म समातिन्छन अनुसन्धानको विषय भयो । प्रमुख ऋणीहरू समातिए,’ डिआइजी थापाले भन्नुभयो । उहाँका अनुसार अव सहायक ऋणीहरू तीन–चार जना समात्न बाँकी छन ।

हालसम्म पक्राउ पर्नेमा तत्कालीन शाखा प्रबन्धक काठमाडौं महानगरपालिका ९ गौशालाकी ४२ वर्षीया स्मृति राना, पोखरा महानगर ९ घर भई चन्द्रगिर ११ सतुंगल बस्ने ३९ वर्षीया पिंकु पालिखे र ललितपुर महानगर ११ बस्ने ३७ वर्षीय अनिशसिंह सिंजापती रहेका छन ।

खोटाङका पूर्ण राई र देवानन्द राईलाई प्रहरीले मंसिर २६ गते नै पक्राउ गरेको थियो । उनीहरू दुवै जना ललितपुरका सुन व्यवसायी हुन । उनीहरूले राखेका कामदार सन्दीप लिम्बू पनि पक्राउ परेका थिए । उनी ललितपुर १४ विशालचोका हुन । राईद्वयले २०७४ सालयता पटक पटक महालक्ष्मी विकास बैंक कुमारीपाटी शाखाबाट कर्जा लिएका थिए ।

बैंकका कर्मचारीकै मिलेमतोमा पाँच हजार २२८ ग्राम सुन धितो राखेर ७ करोड ४२ लाख ऋण प्रवाह गरेपछि सिआइबीले अनुसन्धान अघि बढाएको थियो । रकम बराबरको कर्जाका लागि १७ हजार ५०० ग्राम सुन धितो राख्न आवश्यक थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -