तनहुँ, सोमबार, १३ पुस २०७७ । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी ओली सामु दर्जन प्रश्न तेस्र्याएका छन् ।

आज सोमबार कांग्रेसले आयोजना गरेको देशव्यापी विरोध प्रदर्शन अन्तर्गत आज तनहुँको क्षेत्र नम्बर दुईमा भीमादमा आयोजित विरोधसभामा नेता पौडेलले प्रधानमन्त्रीसँग सोधे, ओलीजी तपाईंले भनेको चुच्चे रेल कता गुडिरहेको छ ?
पौडेल यत्तिमा रोकिएनन् र प्रश्न तेस्र्याइरहे । केपी ओलीलाई भ्रष्टाचारीलाई कारबाही गर्न कसले रोक्यो ? ओली जी तपाईंले भनेको चुच्चे रेल कता गुडिरहेको छ ? ओली जी तपाईंले कति वटा घरमा ग्याँसका पाइप जोड्नु भयो ? ओली जी नेपालको झण्डा फहराएको पानी जहाज प्रशान्त महासागरको कुन कुनामा पुग्यो ?

नेता पौडेलले प्रंधानमन्त्रीले गर्नुपर्ने काम केही नगरेको आरोप लगाए । उनले हुँदा हुँदा अहिले ओली र राष्ट्रपति विद्यादेवी भण्डारी संविधान नै समाप्त पार्न लागेको आरोप लगाए ।








































