Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०९:४९ बिहान
- ADVERTISEMENT -

वीपीको कार्यकर्ता, संविधान मिचेका बेला नबोलि बस्न सक्दैन : नेता गगन थापा

प्रकाशित मिति: २०७७ पुस १३, सोमबार

816
Shares

काठमाडौं, सोमबार, १३ पुस २०७७ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको साथमा संविधानलाई धुजाधुजा बनाएकोले कांग्रेस प्रतिरोधमा उत्रेको बताएका छन्।

देशका १६५ निर्वाचन क्षेत्रबाट सरकारविरूद्ध प्रदर्शन हुनु पूर्वसन्ध्यामा एक भिडिओमार्फत् थापाले भइरहेको प्रतिनिधिसभा भंग गरेर प्रधानमन्त्री र राष्ट्रपतिले वैशाखमा नहुने चुनावतिर लैजान खोजेको उल्लेख गरेका छन् ।

‘पुस ५ मा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा भंग गर्नुभयो, यो गैरजिम्मेवारी काम हो । राजनीतिक र संवैधानिक अपराध हो,’ उनले भने, ‘भंग गर्ने नेता ओली हो। मतियार सिंगो नेकपा हो। प्रचण्ड-माधव नेपाल पनि हुन् ।’

आफूले संसदमा उभिएर प्रधानमन्त्री ओली असक्षम भइसकेकोले नेकपाले अर्को प्रधानमन्त्री बनाओस् भने पनि त्यसबेला हल्का ढंगले लिइएको थापाको भनाइ थियो ।

‘मैले संसदमा उभिएर प्रधानमन्त्री ओली असक्षम भनेको थिएँ। नेकपाले प्रधानमन्त्री बदल्नुस् भनेको हो। त्यो बेला हाम्रा कुरा हल्का ढंगले लिनुभयो,’ उनले भने, ‘मनमा लोभ र डर नराखेर दलभित्र छिनोफानो गर्न संसदीय व्यवस्थाका प्रवन्ध गरेको भए प्रधानमन्त्री ओलीले नेकपा र संसदमा प्रहार गर्न सक्दैनथे।’

प्रधानमन्त्री ओलीले संविधानमाथि ‘कू’ गरेको उनले बताए। ‘यो अपराध गर्ने ओली हो र मतियार राष्ट्रपति,’ उनले भने।

प्रधानमन्त्री ओलीले असंवैधानिक काम गरेकोले कांग्रेस टुलुटुलु हेरेर नबस्ने थापाले बताए।

‘कांग्रेस टुलुटुलु हेरेर बस्दैन। प्रधानमन्त्री ओलीले राष्ट्रपतिको साथमा संविधान धुजाधुजा बनाए,’ उनले भने, ‘यो कदमविरूद्ध लड्ने हो। प्रतिवाद गर्ने हो टुलुटुलु हेरेर बस्ने होइन। संविधान हाम्रो नेतृत्वमा बनेको हो।’

प्रतिनिधि सभा विघटनको कदम सच्याउन उनले माग गरेका छन्। उनले अदालतमा यसबारे छलफल भइरहे पनि बोल्न मिल्ने बताएका छन्।

‘हाम्रा पार्टीका कतिपय साथीहरूले अदालतमा छलफल भइरहेको विषयमा बोल्न मिल्दैन भन्नु भएको छ। वीपीको कार्यकर्ता, संविधान मिचेका बेला नबोलि बस्न सक्दैन।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -