गोरखा, सोमबार, १३ पुस २०७७ । गोरखाको आँपपिपल अस्पतालमा ४६ जनाको आँखाको शल्यक्रिया सम्पन्न गरिएको छ ।
शिविरमा डाक्टर किशोर राज प्रधानको नेतृत्वमा १६ जना महिला र ३० जना पुरुष गरि जम्मा ४६ जनाको शल्यक्रिया गरिएको थियाे ।
शिविरमा शल्यक्रिया गर्नकाे लागि वडा नं. ७ काे च्याङली स्वास्थ्य चाैकिबाट स्क्रिनिङ गरिएका २५ जनामध्ये १३ जनामात्र शल्यक्रिया गर्न गएका च्याङली स्वास्थ्य चाैकीका प्रमुख भरतराज पाण्डेले बताउनुभयाे ।
आँपपिपल अस्पतालको आयोजना र मातृका आई केयर सेन्टर काठमाडौंको प्राबिधिक सहयोगमा शल्यक्रिया गरिएकाे पालुङटार नगरपालिका स्वास्थ्य शाखाका दिपेन्द्र गिरीले जानकारी दिनुभयाे । अस्पतालमा निःशुल्क मोतिबिन्दुको शल्यक्रिया गर्नुअघि नगरपालिकाका बिभिन्न स्थानहरूमा स्क्रिनिङ शिविर सम्पन्न भएको थियाे ।









































