Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:२४:२७ बिहान
- ADVERTISEMENT -

संविधानले बहुमतको प्रधानमन्त्रीलाई दिँदै नदिएको अधिकार प्रयोग, लोकतन्त्रको आत्मामा प्रहार

प्रकाशित मिति: २०७७ पुस १२, आइतबार

483
Shares
फाइल फोटो : वेव


काठमाडौँ, आइतबार, १२ पुस २०७७ । प्रमुख प्रतिपक्षी कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानले बहुमतको प्रधानमन्त्रीलाई दिँदै नदिएको अधिकार प्रयोग गरी लोकतन्त्रको आत्मामा प्रहार भएको बताउनु भएको छ । साथै, उहाले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गरेर संवैधानिक मर्यादाको उल्लंघन गरेको बताउनु भएको छ ।

प्रधानमन्त्री ओलीले शुक्रबार ८ मन्त्री र एक राज्यमन्त्री थपेका थिए । त्यसको विरोध गर्दै कांग्रेस वरिष्ठ नेता पौडेलले शनिबार विज्ञप्ति जारी गरेर विरोध गरेका छन् ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीको संविधानवाद र लोकतन्त्र उपर विश्वास रहेको देखिएन । उहाँले हालै लगातार चालेका तीन वटै कदम संविधानको मर्म र भावना विपरीत छन् । अध्यादेशद्वारा संवैधानिक परिषद्को ऐन संशोधन गरेर कार्यकारिणीलाई स्वेच्छाचारी बन्न रोक्नुपर्ने आयोगहरू आफू अनुकूल बनाउने लुकीचोरी काम गर्नुभयो,’ पौडेलले विज्ञप्तिमा भनेका छन्, ।

‘संविधानले बहुमतको प्रधानमन्त्रीलाई दिँदै नदिएको अधिकार प्रयोग गरेर लोकतन्त्रको आत्मामा प्रहार गर्नुभयो । हिजो फेरि कामचलाउ मन्त्रिमण्डल हेरफेर गरेर संवैधानिक मर्यादाको उल्लघन गर्नुभयो ।’

प्रधानमन्त्री ओलीले घोषणा गरेको निर्वाचन हुनेमा पौडेलले आशंका व्यक्त गरेका छन् । प्रधानमन्त्रीका कदमले नै निर्वाचन हुनेमा विश्वास नरहेको भन्दै उनले अदालतबाट आस रहेको उल्लेख गरेका छन् । ‘अब हामीलाई उहाँले देशमा सहिसलामत चुनाव गराउनु हुन्छ भन्ने पनि विश्वास छैन । बरु न्यायमूर्तीहरूबाट असंवैधानिक कदमलाई सच्याइ लोकतन्त्रको जगेर्ना हुनेछ भन्ने विश्वास गर्दछु,’ उनले भनेका छन् ।

संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरुद्ध प्रतिपक्षी कांग्रेसले देशभर जनप्रदर्शन गर्न लागेको भन्दै त्यसमा सहभागिता जनाउन पौडेलले कार्यकर्ताहरूलाई अनुरोध गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -