गोरखा, शनिबार, ११ पुस २०७७ । गोरखाको भिमसेन थापा गाउपालिकाका युवा नेपाली कांग्रेसमा प्रबेश गरेका छन् ।

भिमसेन थापा गाउपालिका वडा न ५ बगुवामा ने क पा परित्याग गरि नेपाली कांग्रेसमा प्रबेश गरेका हुन् ।

नेपाली कांग्रेस महासमिति सदस्य तथा भिमसेन थापा गाउपालिका अध्यक्ष इश्वर पाण्डेले सदस्यता प्रदान गरी पार्टी प्रवेश गराउनु भएको थियो ।

युवाहरु एक ढिक्का भएर गुट र उपगुटको पछि नलागी देश निमार्णमा अघि बढ्न अध्यक्ष पाण्डेले आह्वन गर्नु भयो ।








































