Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२९:२७ बिहान
- ADVERTISEMENT -

आज शुक्रबारबाट हल खुल्ने, रोकिएका फिल्म प्रदर्शन हुने

प्रकाशित मिति: २०७७ पुस १०, शुक्रबार

681
Shares

काठमाडौं, १० पौष २०७७ । गत वर्षको चैत महिनायता दर्शक देख्न नपाएका नेपाली हलले अब भने दर्शक देख्न पाउने आशा गरेका छन् । कोरोना भाइरसको संक्रमणको जोखिमले सरकारले हलहरू बन्द गराएसँगै हालसम्म खोल्ने अनुमति दिएको छैन । तर, सरकारको अनुमति कुर्न नसक्ने भन्दै हल सञ्चालकले आज शुक्रबार (पुस १०) बाट हल खोल्ने तयारी गरिरहेका छन् ।

सरकारले फिल्म क्षेत्रलाई वेवास्था गरेको भन्दै गतहप्ता नेपाल चलचित्र संघले पुस १० गतेबाट सिनेमा हल खोल्ने स्वःघोषणा गरेको थियो । सरकारले सिनेमा हल बन्द गर्न बल प्रयोग गरे गिरफ्तारी दिन तयार रहेको हल व्यवसायीले बताएका छन् ।

अहिले हल सञ्चालकहरू १० महिनादेखि बन्द रहेको सिनेमा हलको सरसफाइमा जुटेका छन् । सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सिनेमा हल खोल्न लागिएको हो । हल सञ्चालकले ५० प्रतिशत दर्शक राखेर सिनेमा हल चलाउँदैछन् ।

तत्काल सिनेमा घरमा दर्शकको चाप नहुने भएका कारण हलमा प्रदर्शन भइसकेका फिल्म पुनः चलाइँदैछ । प्रदर्शनको क्रममा रोकिएका दुई नेपाली फिल्म ‘आमा’ र ‘सेन्टी भाइरस’ शुक्रबारबाट पुनः प्रदर्शन गर्ने तयारी भएको चलचित्र संघका अध्यक्ष मधुसूदन प्रधानले बताउनु भएको छ । मल्टीप्लेक्समा भने यी दुई नेपाली फिल्मसँगै हलिउड फिल्म ‘मुलान’ र ‘ब्लडसट’ प्रदर्शन हुँदैछन् । अन्य नयाँ फिल्म भने प्रदर्शन हुने छैनन् ।

समीक्षात्मक र व्यावसायिक दुवै रूपमा सफल ठहरिएको ‘आमा’ लाई दीपेन्द्र के. खनालले निर्देशन गर्नुभएको हो । फिल्ममा सुरक्षा पन्त र मिथिला शर्माको मुख्य भूमिका छ । त्यस्तै, रामबाबु गुरुङ निर्देशित फिल्म ‘सेन्टी भाइरस’ मा सीताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, सन्दीप क्षेत्रीलगायतको अभिनय छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -