Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४३:१६ बिहान
- ADVERTISEMENT -

निर्वाचन आयोगमा प्रचण्ड-नेपाल समूहको दर्ता नम्बर ५५५, के-के बुझाइयो ?

प्रकाशित मिति: २०७७ पुस ८, बुधबार

807
Shares

काठमाडौँ, बुधबार, ८ पौष २०७७ । सत्तारुढ नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको समूहले बहुमत केन्द्रीय सदस्यसहित गरेको निर्णयबारे जानकारी उपलब्ध गराएको पत्रलाई निर्वाचन आयोगमा दर्ता गरेको छ ।

बुधबार दिउँसो नेताहरु सुरेन्द्र पाण्डे, लीलामणि पोखरेल र पूर्वमहान्यायाधीवक्ता मुक्ति प्रधान आयोगको कार्यालयमा पुगेर आफूहरु नै वैधानिक नेकपा भएको दावी गर्दै पत्र दर्ता गरेका हुन् । आयोगमा यस पत्रको दर्ता नम्बर ५५५ रहेको स्रोतले जनाएको छ ।

उनीहरुले आयोगमा मंगलबारको केन्द्रीय समिति बैठकको निर्णय, उपस्थित संख्या, ओलीलाई बैठक बोलाउन कात्तिकमा प्रचण्डसहितका ५ नेताले लेखेको पत्र, त्यसको जवाफमा ओलीले लेखेको १० पृष्ठको पत्र, प्रचण्डले कात्तिक २८ गते सचिवालयमा पेश गरेको १९ पृष्ठको राजनीतिक प्रस्ताव, त्यसको जवाफमा ओलीले मंसिर १३ गते लेखेको ३८ पृष्ठको प्रतिवेदन बुझाइएको छ ।

मंगलबार बसेको केन्द्रीय समिति बैठकले संसद विघटनमा असंवैधानिक कदम चालेको भन्दै केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्दै अध्यक्षबाट हटाएको थियो । रिक्त स्थानमा नेपाललाई अध्यक्ष चयन गरिसकेको छ । अब अध्यक्षद्वय नेपाल र प्रचण्डको समान हैसियत हुनेसमेत निर्णय गरेको थियो।

यस्तै, मंसिर २१ गतेको स्थायी समिति बैठकलाई सम्बोधन गर्दै ओलीले लेखेको पत्र, इमेल, नेकपाको अन्तरिम विधान, अन्तरपार्टी निर्देशन १ र ५ तथा विभिन्न समयमा स्थायी समितिले गरेको निर्णय समेत निर्वाचन आयोगमा बुझाइएको बताइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -