काठमाडौं, सागर भट्ट, मंगलबार, ७ पौष २०७७ । लोक दोहोरी नेपालको पहिचान संरक्षण र सम्बर्द्धन गर्ने हाम्रो अभियान यहि मुख्य उदेश्य सहित सिद्धकाली रोधी घरले सिद्धकाली डिजिटल मार्फत विभिन्न लाइभ दोहोरी बजारमा उपलब्ध गराउने भएको छ ।
लोकदोहोरीप्रेमी दर्शक श्रोताको माझ सिद्धकाली रोधीघरको पहिलो प्रस्तुति अर्थात भाग एक बजारमा आइसकेको छ ।
उक्त कार्यक्रम हरेक हप्ताको मंगलवार र शनिबार सिद्धकाली डिजिटल युट्युब च्यानल मार्फत मनोरञ्जन लिन सक्नु हुनेछ ।
चर्चित तथा ख्याति प्राप्त कलाकारको साथमा विभिन्न बिषय बस्तुमा रहेर रमाइला रमाइला लोकदोहोरी दर्शक माझ पस्कने छ।
यसै गरि सिध्दकाली रोधिघर ले लुकेर रहेका नया प्रतिभा भएका तर अबसरको खोजिमा रहनु भएका प्रतिभा लाई स्थान दिने जनाएको छन।
त्यसैगरी, सिद्धकाली रोधिघरका संरक्षक तथा ब्यबस्थापक निरोज भट्टका अनुसार आफ्नो ठाँउको बिकास , संरक्षण र सम्बर्द्धन गर्ने उद्देश्यले गोरखा जिल्लाको चिर-परिचित सिद्धकाली मन्दिर र सिद्धकाली स्कुलको नामबाट सिद्धकाली रोधिघर राखिएको भट्टले भन्नू बताउनु भयो ।
सिद्धकाली रोधिघरले पहिलो कोसेली स्वरुप दर्शक श्रोता माझ ल्याइसकेको छ । उक्त कार्यक्रम दोहोरी गायक समेत रहेका सचिन भट्टराईले संचालन गर्ने छन ।








































