गोरखा, सागर बाबू भट्ट , ६ पुस २०७७ । नेविसंघ गोरखाद्वारा प्रधानमन्त्रीको कदम बिरुद्ध राँके जुलुस निकालेका छन ।
प्रधानमन्त्री केपी ओलीले आईतवार संसद बिघटन गरेपछि आन्दोलित बनेको नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले सोमबार साँझ गोरखामा राँके जुलुससहित प्रर्दशन गरेका हुन ।
नेविसंघका नेता कार्यकर्ताले कांग्रेस पार्टी कार्यालय तिनधारेदेखि गोरखा सदरमुकाम हरमटारीसम्म राँके जुलुससहित प्रर्दशन गरेका हुन ।
प्रधानमन्त्रीको असंवैधानिक कदमबिरुद्ध नेविसंघले देशब्यापी आन्दोलन गरिरहेको नेविसंघका जिल्ला अध्यक्ष सुबास अधिकारीले सिमपानी न्युजलाइ बताए । नेविसंघका नेता कार्यकर्ताले सरकार बिरुद्ध नाराबाजी गर्दै कार्यशैलीको चर्को आलोचना गरेका थिए ।








































