काठमाडौं, सोमबार, ६ पौष २०७७ । बाहुन डाँडोमा संचालित बिपना बचाउ अभियानद्वारा संकलित रकम विपना कठायतलाई हस्तान्तरण गरेको छ ।

रमाइलो र हाँसो मजाक एक पललाई रोकी सानो सहयोग गरेर तन मनलाई आनन्दित बनाउने साथै मानवताको उदाहरण देखाउने थलो बनेको छ “सामाजिक संजाल बाहुन डाँडो”। बिगत ३ वर्षदेखि छाला रोगसँग संघर्ष गरिरहेकी दैलेख आठबीस नगरपालिका ७ कि नानी बिपना कठयतको लागी केहि आर्थिक सहयोग जुटाउने उदेस्यका साथ “बाहुन डाँडो” ग्रुपले सानो जमर्को गरेको छ ।
नारायण पुडासैनीको संयोजकत्वमा दिप अर्याल, कृष्ण पाण्डे, रामेश्वर आचार्य लगायतको सामाजिक अभियान्ता जुटेर सहयोग रकम संकलन गरेको हो । जसमा केहि साथीहरुले परोपकारी भावना देखाउदै सहयोग र समर्थन गर्नुभएको छ । सहयोगी मनहरुले गर्दा आज बिपना कठयतको लागी नगद रु १५,६०६/-(अक्षेरुपी पन्ध्र हजार छ सय छ रुपैयाँ) संकलन भएको छ ।

यस ग्रुपका सकृय एड्मिन नारायण पुडासैनी भन्छन “रकम ठुलो धनराशी नभएता पनि नानीको घाउमा मलम बन्न सकोस, त्यही हाम्रो लागि ठूलो कुरा हो” उनले भने ।
पुडासैनीका अनुसार, यस शिर्षकमा सहयोग संकलन कार्य पनि बन्द गरि रु.१५,७०० रमेश कठायतलाई बुझाएको बताए । साथै, हाल विभिन्न परोपकारी संघ संस्था मार्फत नानीको उपचार भएको पनि जानकारी आएको छ, उनले भने ।
नानीको स्वास्थ्य अवस्था बुझ्न र सहयोग गर्न चाहने सहयोगी मनहरुले बिपना कठयतको दाजु रमेश कठायत (9869517313) मा सम्पर्क गरी सहयोग गर्नु आग्रह गर्दछौ ।









































