गोरखा, सोमबार, ६ पौष २०७७ । नेकपा परित्याग गरी गोरखाको शहिद लखन गाउँपालिका वडा न ५ का दर्जनौं युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छ्न । उनीहरु लामो समयदेखि नेकपामा आबद रहेका थिए ।
गोरखाको शहिद लखन गाउँपालिका वडा न ५, ताक्लुङको बिभिन्न टोल, मास्किछाप, गुरुदुम, काहुले, तोरेन, भैसिपोल, पोखरी डाडा, देउराली छापका नेकपा परित्याग गरि ८५ जना युवाहरु नेपाली काँग्रेसमा प्रबेश गरेका हुन ।
उक्त पार्टी प्रवेश कार्यक्रम शहिद लखन गाउँपालिका वडा न ५ का पार्टी संयोजक रित बहादुर थापको अध्यक्षतामा भएको थियो ।
नेपाली काँग्रेस गोरखाका पार्टी सभापति हरि बहादुर घलेको प्रमुख आथित्यतामा, अतिथिमा नेपाली काँग्रेस पाटी सचिव नन्द प्रसाद न्यौपाने , कोषाध्क्षय कृष्ण बहादुर आले, सह-सचिव नारायण लामिछाने, पार्टी परामर्श समिती सदस्य काशिनाथ अंगाई , क्षेत्र न १ सदस्य शरण श्रेष्ठ, तरुण दल जिल्ला अध्यक्ष आन्नद गुरुङ, तरुण दल क्षेत्रिय सभापति प्रबिन बस्नेत, किसान संघका उपाध्क्षय खुनप्रसाद रेग्मी, शहिद लखन गाउँपालिका ४ का पार्टी संयोजक राजन तिवारी, तरुण दल क्षेत्रिय सचिव भरत रेग्मी , तरुण भक्त ढकाल, विद्यार्थी मञ्च उपाध्यक्ष राजन श्रेष्ठ, नेपाल दलित विद्यार्थी संघ अध्यक्ष रचन परिवार, नेपाली काँग्रेसका शुभचिन्तक, बुदिजिवी, समाजसेवीहरुको बाक्लो उपस्थितीमा रहेको थियो ।








































